प्रधानाध्यापक छनौट प्रक्रिया थाल्न ललितपुरमा निर्देशन

प्रधानाध्यापक छनौट प्रक्रिया थाल्न ललितपुरमा निर्देशन

ललितपुर महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा रोकिएको प्रधानाध्यापक छनौट प्रक्रिया अविलम्ब थाल्न निर्देशन दिएको छ । ‘शिक्षा कार्यविधि २०७६’ को परिच्छेद ११ को दफा ६७ बमोजिम प्रधानाध्यापक छनौट गर्न पटकपटक सूचना जारी गरेपनि विद्यालयहरुले बेवास्ता गरेपछि महानगरले २१ दिनको अल्टिमेटम दिएको छ । 

नगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालयलाई गरिएको पत्राचारमा तोकिएको समयभित्र छनौट प्रक्रिया थाल्न भनिएको छ । 

‘प्रधानाध्यापक छनौट गर्न पटकपटक सूचना गरिएकोमा केही विद्यालयहरुले हालसम्म पनि प्रधानाध्यापक छनौटको प्रक्रिया अगाडि बढाएको नदेखिएको र केही विद्यालयहरुले प्रकिया शुरु गरे तापनि प्र.अ छनौट कार्य सम्पन्न गरेको नदेखिएकोले अविलम्ब प्रक्रिया शुरु गर्न पुनः ताकेता गरिएको छ । साथै यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्रक्रिया शुरु गर्नुहुनसमेत निर्देशनानुसार अनुरोध छ’, प्रेषित पत्रमा उल्लेख छ ।

टिप्पणीहरू