गर्भवती श्रीमती मारेर जेसिबीले पुर्ने श्रीमान समातिए

गर्भवती श्रीमती मारेर जेसिबीले पुर्ने श्रीमान समातिए

गर्भवती श्रीमतीलाई हत्या गरी डोजरले पुरेको १५ दिनपछि श्रीमान पक्राउ परेका छन् । 

इलामको फाकफोकथुम गाउँपालिका-३ की अन्दाजी २४ वर्षकी विमला कट्टेल फागुन २९ गते रातीदेखि हराएकी थिइन् । परिवारले विमलाको खोजी गर्न हारगुहार समेत गर्दै आएका थिए । वैदेशिक रोजगारीका लागि प्रक्रिया गर्न काठमाण्डौं बस्छु भन्दै आएका श्रीमान उमेश गिरी इलाममै भेटिएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा उनले आफूले हत्या गरी डोजरले पुरेको बताएका थिए । उनको बयानपछि प्रहरीले हिजो बिहिबार राती नै फाकफोकथुम गाउँपालिका-२ धार्ने खोपको बाटोमा पुरिएको अवस्थामा शव निकालेर पोष्टमार्टमको लागि सदरमुकाम ल्याउँदै गरेको फाकफोकथुम गाउँपालिका-२ का अध्यक्ष याम पौडेलले बताए । विमलालाई डाक्टरले चैत १८ गते बच्चा जन्मिने समय दिएका थिए । विमलाकी सासू कुमारी गिरीले फागुन २३ गते बिर्तामोडको बजरङ्ग मेडिकलमा जाँच गराएर ल्याएकी थिइन् । सोही बेला डाक्टरले १८ गते डेलिभरीको डेट दिएको परिवारले बताएका छन् । 

हत्या गरेर जेसिबीले पुरेपछि श्रीमतीको फोनबाट आफैले म इटहरीको एक जनासँग विवाह गरेर भारत गइसकेकाले नखोज्नु भन्दै घरका अन्य सदस्यहरुलाई गिरीले नै म्यासेज गरेका थिए ।

उमेश गिरी भने काठमाण्डौंमा बस्छु भने पनि श्रीमतिको सम्पर्कमा नआई सोही पालिकामा जेसिबी चलाउँदै आएका थिए । बाटो खनेकै ठाउँमा आफैंले चलाउने जेसिबी प्रयोग गरी श्रीमतीको हत्यापछि पुरेको बताएपछि प्रहरीले सो स्थानमा पुगेर खनतलास गर्दा ४ फिट मुनी गाडेको अवस्थामा शव भेटिएको हो । फागुन २९ गते राती घरबाट श्रीमतीलाई बाहिर ल्याएर शव पुरिए नजिकै पुगेपछि कन्चटमा हिर्काएको र भुईँमा लडेर छट्पटाउन थालेपछि घाँटी थिचेर हत्या गरेको गिरीको भनाई उदृत गर्दै वडाध्यक्ष पौडेलले बताए । हत्या गरेर जेसिबीले पुरेपछि श्रीमतीको फोनबाट आफैले म इटहरीको एक जनासँग विवाह गरेर भारत गइसकेकाले नखोज्नु भन्दै घरका अन्य सदस्यहरुलाई गिरीले नै म्यासेज गरेका थिए ।

 

टिप्पणीहरू