सडकमा राजावादी र गणतन्त्रवादीको मञ्च, सवारी साधन ‘डाइभर्ट’

समाजवादी मोर्चा र राजावादी समूहले छुट्टाछुट्टै आयोजना गरेको प्रदर्शनको लागि मञ्च तयार भएका छन् । मोर्चाको प्रदर्शनीमार्ग र राजावादीको तिनकुनेमा मञ्च तयार पारिएको छ ।
मोर्चाले पर्यटन बोर्ड र राष्ट्रिय सभा गृहको अगाडि सडकमा मञ्च निर्माण गरेकाले त्यसतर्फ जाने सवारी साधनहरुलाई अन्यत्र डाइभर्ट गरिएको छ । मञ्चको पृष्ठभूमिमा ‘विशाल जनसभा’ लेखिएको ब्यानर टांगिएको छ, भने सडकको दायाँबायाँ ‘हसियाँ हथौडा’ अंकित झण्डा झुन्ड्याइएका छन्।
उता राजावादी समूहले पनि तीनकुनेको खाली मैदानमा मञ्च तयार पारिसकेको छ । मञ्चको पृष्ठभूमिमा ‘जनविद्रोह घोषणा सभा’ लेखिएको ठूलो ब्यानर छ । त्यसक्षेत्रमा जम्मा हुने भीडले सडक अस्तव्यस्त हुने देखिन्छ । प्रहरीले भक्तपुर रुटबाट रत्नपार्क जाने सवारी साधनलाई कोटेश्वरबाट डाइभर्ट गरी बालकुमारीको भित्री रुट खुला गरिदिएको छ ।
दुवै कार्यक्रमस्थलसहित उपत्यकामा पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिसकिएको छ । आवश्यकताअनुसार थप परिचालनको निम्ति तयारी अवस्थामा राखिएको गृह मन्त्रालय स्रोतले बतायो ।
तस्बिरहरुः
टिप्पणीहरू