बागमती पुलमा तनाव, तीनकुनेमा विवादित धर्मगुरु
काठमाडौंको तीनकुनेबाट नयाँ बानेश्वरतर्फ जान खोेजेपछि राजावादी समूह र प्रहरीबीच घम्साघम्सी भएको छ । प्रहरीले राजावादीलाई निषेधित गरेको क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै रोकिएको जनाएको छ । माइतीघरदेखि मीनभवनसम्मको सडकलाई प्रहरीले उच्च सतर्कतामा राखेको छ ।
यता विवादित धर्मगुरु आचार्य श्रीनिवास राजावादी समूहको आन्दोलनमा सहभागी भएका छन् । यसअघि विवादित अभिव्यक्ति दिएपछि पक्राउ परेका उनी तीनकुनेस्थित राजावादीहरुको कोणसभा स्थल पुगेका छन् ।
टिप्पणीहरू