प्रधानमन्त्रीविरुद्ध नारा लगाउँदै राजावादीहरु तितरवितर

तीनकुनेमा आमसभा नहुँदै राजावादीहरु लाखापाखा लागेका छन् । प्रहरीसँगको मुठभेडमा लाठीचार्ज र अश्रुग्याँस प्रहार भएपछि उनीहरु तितरबितर भएको बताइन्छ ।
केही बेरअघि निषेधित क्षेत्र तोकिएको नयाँ बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गर्दै लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको थियो । प्रहरीले केही राजावादीहरुलाई नियन्त्रणमा लिएको छ ।
उक्त घटनापछि आमसभास्थल छाडेर केही राजावादीहरु हिँड्न थालेका हुन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्रविरुद्ध नाराबाजी गरेका छन् ।
टिप्पणीहरू