आगो झोसेर दुर्गा प्रसाईं घरमा मुसुमुसु, सुनिल शर्मा नयाँ दिल्लीमा खुसुखुसु

आगो झोसेर दुर्गा प्रसाईं घरमा मुसुमुसु, सुनिल शर्मा नयाँ दिल्लीमा खुसुखुसु

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कमाण्डमा भएको राजावादीहरुको आन्दोलन लुटपाट, आगजनी र तोडफोडमा परिणत भएको छ । प्रदर्शनकारीलाई उक्साउनुसम्म उक्साएर त्यसबाट उत्पन्न परिस्थिति को दोष छल्न बच्न उनी दिउँसै भक्तपुरस्थित घर पुगेका छन् । 

यसबीच दर्जनौं प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् । निजी घर,डिपार्टमेन्टल स्टोर,सरकारी कार्यालय र राजनीतिक दलका कार्यालयमा आगजनी र तोडफोड गरिएको छ । अराजक भीडले लुटपाट मच्चाएसङ्गै काठमाडौं महानगरको पूर्वी क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।

साँझ साढे ५ बजेपछि कोटेश्वर क्षेत्रका सडकमा नेपाली सेनाले गस्ती थालेको छ । प्रहरीले शान्तिसुरक्षा र अमनचयन कायम राख्न आवश्यकताअनुसार गोली हान्न पाउने अनुमति माग गरेको छ । 

यता,काठमाण्डौ दन्दनी बलिरहेको बेला नेपाली काँग्रेसका सांसद तथा अर्का मेडिकल व्यवसायी डा. सुनिलकुमार शर्मा भने एउटा विज्ञप्ति जारी गरेर नयाँ दिल्ली गएका छन् । उनी दिउँसो साढे २ बजे इण्डिगो एअरलाइन्सको उडान नम्बर ६ इ ११५४ मा गएका हुन् । भारत जानुअघि उनले आजको हिंसात्मक घटनाको आकलन गर्दै घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गरिने व्यहोराको विज्ञप्ति प्रकाशन गरेका थिए । उनी नयाँ दिल्ली उडेलगत्तै यता लुटपाट, आगजनी र हिंसात्मक अवस्था सिर्जना हुनुले परिस्थितिलाई झन रहस्यमय बनाइदिएको छ ।

शर्माको अस्पताल काठमाडौं मेडिकल कलेजका तर्फबाट प्रशासन प्रमुख नारायणप्रसाद दाहालले राजनीतिक सभा अगावै घाइतेको उपचार निःशुल्क गराउने भन्दै विज्ञप्ति जारी गर्नुले प्रसाईंको उद्देश्य र त्यसमा सहभागिताको लहरो धेरै गहिरो रहेको अनुमान गर्न सकिन्छ ।

टिप्पणीहरू