राजधानीको हिँसाबाट एमाले पत्रकारको शपथ पनि प्रभावित

राजधानीको हिँसाबाट एमाले पत्रकारको शपथ पनि प्रभावित

नेकपा एमाले मुख्यालय,च्यासलमा सुरक्षा तैनाथी बढाइएको छ । राजावादी अराजक हुलले जुनसुकै बेला हमला गर्नसक्ने खतरालाई मध्यनजर गर्दै सरकारको नेतृत्व गरिरहेको दलको कार्यालयमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।  

पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वानमा सडकमा उत्रिएका राजावादीले लुटपाट मच्चाउनुका साथै आगजनी र तोडफोड गरेका छन् । उग्र बनेका प्रदर्शनकारीहरुले विभिन्न पार्टी कार्यालय र व्यक्तिगत सम्पत्ति तोडफोड र आगजनी गर्दै हिँडेका छन् । 

उनीहरुले अपराह्न आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालय तोडफोड गर्दै कागजपत्र बाहिर ल्याएर आगो लगाएका थिए । माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडा छिरेर उपद्रो मच्चाउन खोजेका उनीहरुलाई प्रहरीले रोकेको छ ।

यो स्थितिमा प्रदर्शनकारीले आक्रमण गर्ने हल्लापछि एमाले मुख्यालयमा सुरक्षा फौज खटाईएको हो । त्यहाँ अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । अहिले काठमाडौँको तीनकुने,कोटेश्वर क्षेत्रमा कर्फ्यु लगाईएको छ । सो क्षेत्रमा सेना परिचालन गरिएको छ भने आगजनीमा संलग्नलाई तत्काल गोली हान्न आदेश दिइएको छ ।    

कर्फ्यु आदेश जारी भएसँगै नेकपा एमालेको भातृ संगठन प्रेस चौतारीको नयाँ नेतृत्वलाई सपथ खुवाउने कार्यक्रम प्रभावित बनेको छ । पार्टी मुख्यालय च्यासलमा दिउँसो प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सपथ खुवाउनेगरी कार्यक्रम तयारी गरिएकोमा राजावादी अराजकतासँगै बिथोलिएको हो । 

'उपाध्यक्षमा उकाल्न खोज्दा नमानेर महासचिवमा दोहोरिनुभयो हैन तपाईं ?' भनेर आफ्नो आदेश नमानेकोमा घुमाएर असन्तुष्टि व्यक्त गर्नुभयो ।

विराटनगर महाधिवेशनबाट रुवाबासीका बाबजुद 'निर्वाचित' कमिटीलाई अस्ति मध्यराति १२:५० बजे ओलीले बालुवाटार बोलाएर बधाई तथा शुभकामना दिँदै लड्डु खुवाउनुभएको थियो । अध्यक्षको आकांक्षा राखेका तर चुनाव उठ्न नपाएका राजेश राईको नाम नलिई उहाँले जात,धर्म र लिङ्गको नाममा राजनीति नगर्न चौतारीको टोलीलाई सल्लाह दिनुभएको थियो । 

मध्यरातको भेटमा सामाजिक सञ्जालमा सरकार,पार्टी र आफ्नो बचाऊमा राम्रा कुरामात्र लेख्न निर्देशन दिनुभएका ओलीले चौतारीका महासचिव हिरामान लामामाथि भने कटाक्ष गर्नुभयो । 'उपाध्यक्षमा उकाल्न खोज्दा नमानेर महासचिवमा दोहोरिनुभयो हैन तपाईं ?' भनेर आफ्नो आदेश नमानेकोमा घुमाएर असन्तुष्टि व्यक्त गर्नुभयो ।

श्रीमतीसहित पुगेका नवनियुक्त अध्यक्ष गणेश पाण्डेलाई अध्यक्ष ओलीले राम्रै स्वागत गर्नुभयो । त्यसक्रममा निवर्तमान अध्यक्ष गणेश बस्नेतले गर्वका साथ पार्टीको आदेश अक्षरश: पालना गरेको रिपोर्ट सुनाए । 

समाजवादी प्रेस संगठन छोडेर अघिल्लो महिना विश्वमणि सुवेदीसँग चौतारीमा फर्किएकी र अस्ति विराटनगरबाट उपाध्यक्ष नियुक्त भएकी कृपा भण्डारी पनि बालुवाटार पुगेकी थिइन् । छिट्टै अमेरिका जाने तयारीमा रहेकी उनको ठाउँमा लोकसरी कुँवरलाई लैजाने सहमति छ,त्यसकारण अध्यक्षको दावेदार भैकन उनी पनि त्यहाँ सामेल थिइन् । 

सोही दिन आज सपथ खाने कार्यक्रम तय गरिएकोमा १ बजेका लागि सबैलाई च्यासल बोलाइएको थियो । तर, राजधानीको तनावका कारण प्रधानमन्त्री बालुवाटारबाट निस्कने अवस्था छैन । बताइएअनुसार गणेश बस्नेतबाटै शपथ खुवाइएको छ ।

टिप्पणीहरू