दुर्गा प्रसाईलाई समात्ने तयारी

काठमाडौंमा आज भएको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै सरकारले दुर्गा प्रसाईंलाई कारवाही गर्ने बताएको छ ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालले साँझ पत्रकार सम्मेलन गर्दै प्रसाईंलाई कारवाहीको दायरामा ल्याउने स्पष्ट पारेका हुन् । व्यक्तिको सम्पत्ति लुटपाट, आगजनी र विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा आगो लगाइएको भन्दै उनले सरकारले फरक रणनीतिका साथ नियन्त्रणमा लिने बताए ।
आन्दोलनमा करिब १० देखि १२ हजार मान्छे सहभागी भएको र उनीहरु प्रसाईंको उक्साहटमा अराजक बनेको सरकारले ठहर गरेको छ । राजावादी आन्दोलनका कमाण्डर उनले प्रहरीलाई मार्ने नियतका साथ गाडी हाँकेर निषेधित क्षेत्र तोडेपछि हिँसा भड्किएको थियो ।
टिप्पणीहरू