स्थलगत अवलोकनपछि राजावादीहरुलाई अभियोग लगाईंदै, प्रसाईंको खोजी जारी

गृहमन्त्री रमेश लेखक तीनकुने–कोटेश्वर क्षेत्रको अनुगमनमा जान लाग्नुभएको छ । राजावादीहरुले हिजो गरेको आगजनी, तोडफोड र लुटपाटबाट भएको क्षतिको अवस्था बुझ्न मन्त्री अहिले त्यहाँ जाने कार्यक्रम छ ।
आगजनीमा परेर एक पत्रकार मारिएका छन् । अर्का एक जनाको गोली लागेर निधन भएको हो । धेरै घरमा तोडफोड र आगजनी गरिएको छ भने भाटभटेनीमा लुटपाट मच्चाइएको थियो ।
प्रहरीले राति नै राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमसेर राणासहित १०५ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आगजनी, तोडफोड, ज्युँदै मान्छे जलाउने र लुटपाटमा संलग्न भएको आरोपमा प्रक्राउ गरेको हो । उनीहरुमाथि संगठित अपराध, चौरी डकैती, हत्या, आगजनीको अभियोग लगाउने प्रहरीको तयारी छ ।
राजावादीहरुको आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईंको खोजी जारी छ । रातिदेखि धेरै ठाउँमा खोज्दा पत्ता नलागेपछि उनी शोभा पाठकसँग सँगै हुनसक्ने आकलन गरिएको छ । विगतमा महेश बस्नेतसँगको सम्बन्धमा खटपट भएपछि शोभाले प्रसाईंलाई दाई भन्दै आफ्नो दुःखेसो पोख्दै आएको बताइन्छ ।
यता पूर्वराजा ज्ञानेन्द्रले तोकिदिएका आन्दोलनका संयोजक नवराज सुवेदीलाई घरमा नजरबन्दमा राखिएको छ । ८७ वर्षे सुवेदीलाई पक्रेर प्रहरी हिरासतमा राख्दा उनको ज्यानको जोखिमलाई ध्यानमा राखेर प्रहरीले घरभित्रै थुनेको हो ।
टिप्पणीहरू