राजावादी हमलामा परेको एसको कार्यालयमा शीर्ष नेताको अनुगमन

राजावादी हमलामा परेको एसको कार्यालयमा शीर्ष नेताको अनुगमन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी समूहले तोडफोड र आगजनी गरेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको स्थलगत अनुगमन गर्नुभएको छ ।

प्रचण्डसहित समाजवादी मोर्चाका शीर्ष नेताले आज बिहान आलोकनगरस्थित एस मुख्यालय पुगेर स्थलगत निरीक्षण गरेका हुन् । अहिले सोही स्थानमा समाजवादी मोर्चाको बैठक बसिरहेको छ । 

पूर्व राजा ज्ञानेन्द्र शाहको आह्वानमा राजतन्त्र फर्काउन भन्दै हिजो सडकमा उत्रेका  राजावादीहरू अराजक हुँदै तोडफोड र आगजनीमा उत्रिएका थिए । ठाउँ ठाउँमा उपद्रो मच्याएका उनीहरूले एकीकृत समाजवादीको कार्यालयमा पनि ढुङ्गामुढा गर्दै कागजात बाहिर निकालेर आगो लगाएका थिए ।

टिप्पणीहरू