पत्रकार हत्याको विरोधमा महासंघ, माइतीघरमा प्रदर्शन

राजावादीहरुको हिजो भएको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या भएको विरोधमा नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । आज बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ ।
महासंघले आफ्नो स्थापना दिवस स्थगित गरेको छ । पत्रकार ‘हत्या’ सँगै सञ्चार गृह तथा सञ्चारकर्मीहरुमाथिको आक्रमणको महासंघले विरोध जनाएको छ ।
राजावादीहरुले हिजो तिनकुनेको एउटा घरमा गरेको आगजनीमा परेर रजकको निधन भएको हो । उनीहरुले कान्तिपुर, अन्नपूर्ण पोष्टलगायत सञ्चारमाध्यमको कार्यालयमा तोडफोडपछि आगजनीको प्रयास गरेका थिए ।
टिप्पणीहरू