आन्दोलनको नाममा राजावादीहरुको अराजकता : उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले हिजो राजावादीहरुले गरेको आन्दोलनको क्रममा भएको आगजनी, तोडफोड र लुटपाटको भत्र्सना गरेको छ । एउटा समूह वा पक्षको आन्दोलन तथा प्रदर्शनबाट सर्वसाधारण, उद्यमी, व्यवसायीको पेशा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन भएको ठहर गरिएको छ ।
आन्दोलन÷प्रर्दशनका क्रममा ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ । पीडित परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते सबैको स्वास्थ्य लाभको कामना गरिएको छ । महासंघले सर्वसाधारणको व्यक्तिगत सम्पत्ति, मिडिया हाउस, व्यवसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा भएको आक्रमण, आगजनी, लुटपाटबाट ठूलो क्षति पुगेकाले क्षतिपूर्ति माग गरिएको छ ।
संविधान प्रदत्त अधिकारभित्र रहेर आफ्ना माग राख्न पाइए पनि ह्रिंसक आन्दोलन एवम् प्रदर्शन, लुटपाट, आगजनी, जनधनको क्षति र व्यक्तिगत सम्पत्ति माथिको आक्रमणको महासंघले घोर निन्दा र भत्र्सना गरेको छ ।
टिप्पणीहरू