पूर्वराजाको सुविधा खोसेपछि राहदानी रद्द, धवल शमशेरको पक्राउबारे संसदलाई पत्र

पूर्वराजाको सुविधा खोसेपछि राहदानी रद्द, धवल शमशेरको पक्राउबारे संसदलाई पत्र

राजावादीहरुको आन्दोलन भड्काएको आरोप लागेपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई राज्यले दिँदै आएको सुरक्षालगायत सुविधा खोस्ने भएको छ । हिजो तीनकुने, कोटेश्वर क्षेत्रमा भएको आगजनी, तोडफोड र लुटपाटमा दुई जनाको ज्यान गएको छ भने ठूलो भौतिक क्षति भएको छ । 

अस्ति बेलुकी निर्मल निवासमा बोलाएर दुर्गा प्रसाईंलाई आन्दोलनको कमाण्डर तोकिएको, नवराज सुवेदीलाई यसअघि नै संयुक्त जनआन्दोलनको संयोजक उनै शाहले तोकिदिएका थिए । यो घटनाक्रमले पूर्वराजाकै निर्देशनमा आन्दोलन भएको देखिएकाले गएराति बसेको क्याबिनेट बैठकमा राहदानी रद्द र सुविधा खोस्ने सम्बन्धमा छलफल भएको हो ।  

क्याबिनेटमा त्यसबारे छलफल भएपछि प्रहरीले आवश्यक प्रमाण संकलन थालेको हो । आन्दोलनका कमाण्डर भनिएका दुर्गा प्रसाईंले सुरक्षाकर्मीमाथि गाडी चलाएर आक्रमणको प्रयास गरेका थिए । 

हिरासतमा रहेका राप्रपा सांसद धवल शमशेर राणाको पक्राउबारे प्रहरीले संसद सचिवालयलाई जानकारी गराएको छ । सांसद पक्राउ परेपछि सभामुख मार्फत् संसदलाई जानकारी गराउनुपर्ने भएकाले भोलिको बैठकमा त्यसबारे अवगत गराइने संसद सचिवालय स्रोतले बताएको छ ।

टिप्पणीहरू