२४ घण्टे अल्टिमेटमसहित हिजोको घटनामा सरकार दोषी रहेको राप्रपा निर्णय

राप्रपाको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरुलाई नछाडे मुलुकभर विरोध प्रदर्शन गर्ने जनाएको छ ।
बैठकले तीनकुने, कोटेश्वरमा हिजो भएको हिंसात्मक घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने निर्णय गरेको छ । तर बैठकमा नेताहरुले राजसंस्था र राजा सम्बन्धी आन्दोलनको जस दुर्गा प्रसाईंले लिएको उल्लेख गरेका छन् ।
हिजो ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न माग गरिएको छ । आन्दोलन सरकारको निर्देशनमा भड्काइएको राप्रपाको निश्कर्ष छ ।
टिप्पणीहरू