तीनकुने घटनाको सबै जिम्मेवारी पूर्वराजाको : नेपाली काँग्रेस

सत्तारुढ दल नेपाली काँग्रेसले राजधानीको तीनकुनेमा हिजो भएको घटनाको सबै जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज उनकै निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले उक्त निश्कर्ष निकाल्दै शाहकै निर्देशनमा भीडलाई उक्साइएको ठहर गरेको छ ।
‘राजावादीको नाममा जुन खाले गतिविधि हिजो भयो त्यसको समीक्षा गर्दै भत्र्सना गरेका छौं,’ प्रवक्ता महतले भने ।
पूर्वराजाको आयोजनामा गठित समितिको आह्वानमा भएको आन्दोलन र उत्पन्न लुटपाट, आगजनी र तोडफोडको जिम्मेवारी उनैले लिनुपर्ने ठहर गरिएको हो ।
टिप्पणीहरू