ल्हासा जाने विमान पोखरामा ‘स्ट्याण्डबाई’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्सिदेखि चीनको ल्हासामा नियमित उडान हुने भएको छ । हिमालय एअरलाइन्सले नियमित उडानका लागि एउटा विमान भोलि नै पोखरामा अवतरण गराउँदै छ ।
कम्पनीका अनुसार भोलि बिहान काठमाडौंबाट नियमित उडानमा ल्हासा जाने उक्त विमान उताबाट यात्रुसहित पोखरामा दिउँसो अवतरण गर्नेछ । त्यसपछि पर्सि बिहान पोखराबाट ल्हासा उडेर दिउँसो काठमाडौं ओर्लने छ ।
पोखरा–ल्हासा उडान सातामा एक दिन मंगलबार मात्र हुने छ । यात्रुको चापलाई ध्यानमा राखेर पछि उडान थप्न सकिने एअरलाइन्सले जनाएको छ । यसअघि सिचुआन एयरलाइन्सले पोखराबाट सिचुआन प्रान्तको छन्तु शहरमा नियमित चार्टर उडान थालेको थियोे ।
टिप्पणीहरू