तीनकुने घटनाबारे मोर्चाको यस्तो निष्कर्ष

चार दलीय समाजवादी मोर्चाले दरबारिया तत्वको प्रत्यक्ष प्रभावमा तीनकुने घटना निम्त्याईएको निष्कर्ष निकालेको छ ।
आज पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र)को मुख्यालयमा बसेको मोर्चाको बैठकले त्यस्तो समीक्षा गरेको हो । दुई जनाको ज्यान जानेगरी राजावादीले शुक्रबार काठमाडौँमा मच्चाएको वितण्डा ‘आततायी र जंगली चरित्र’को एक नमुना रहेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।
बैठकपछि उनले सञ्चारकर्मीसँग भने, ‘दरबारिया तत्वहरुले तिनकुनेमा देखाएको गतिविधि असाध्यै गैरजिम्मेवार, अशान्त, आंतक, हिंस्रक, आततायी र जंगली चरित्र रहेको समीक्षा गरियो । त्यसलाई कमजोर र निष्प्रभावी बनाउन मोर्चाको सभाले ठूलो भूमिका खेलेको पायौँ ।’
मोर्चाले उक्त हिंसात्मक गतिविधिमा संलग्नहरुलाई कानुनी कारवाहीको दायरमा ल्याउन सरकारलाई आग्रहसमेत गरेको छ । घटनाको क्षतिपूर्ति संलग्नहरुबाटै भराउन माग गर्ने र गणतन्त्रवादी शक्तिहरुबीचको अन्तक्रियालाई तिव्रता दिने बैठकको निर्णय छ ।
टिप्पणीहरू