ज्ञानबहादुरको आपत्तिमा प्रधानमन्त्रीको आक्रोश

ज्ञानबहादुरको आपत्तिमा प्रधानमन्त्रीको आक्रोश

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका संसद ज्ञानबहादुर शाहीलाई संसदमा जथाभावी नबोल्न चेतावनी दिनुभएको छ । 

आजको प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले तीनकुनेको घटना, राजवादी आन्दोलन र पूर्वराजाको पृष्ठभूमिबारे बोलिरहनुभएको थियो । त्यत्तिकैमा शाही नियमापत्ति गर्न उठेपछि रिसाएका प्रधानमन्त्रीले संविधानको दायरभित्र बस्न चेतावनी दिनुभएको हो । 

‘फागुन २५ मा कथित स्वागत कार्यक्रम गरियो, चैत १४ गते कथित जनकमाण्डरलाई निवासमा बोलाएर उहाँ (पूर्वराजा)ले हिंसात्मक गतिविधिको जिम्मा दिनुभयो', प्रधानमन्त्रीको भनाई थियो, 'त्यसैमाथि त्यो कार्यक्रमको आयोजकमाथि पनि विभिन्न आशंका पैदा भएको छ, किनकि आयोजकमध्ये कतिपय यही सदनका नेताहरुको नाम छ ।’
 
प्रधानमन्त्रीले यसो भनिरहँदा शाही कुर्सीबाट उठेर नियमापत्ति जनाएका थिए । तर, ओली केहीबेर वास्ता गर्नुभएन । राप्रपाका अन्य सांसहरुले पनि टेबल ठोकेपछि प्रधानमन्त्री आकोषित हुनुभयो । र, शाहीतिर हेर्दै भन्नुभयो, ‘नियमापत्तिको कुरा होइन यहाँ, संविधान उल्लंघन गर्ने, व्यवस्था मास्न खोस्ने कुरामाथि प्रश्न गरिरहेको छु । यो देशमा सबैले संविधान मान्नुपर्छ, हल्ला गरेर जथाभावी संसदमा समस्या र अवरोध सिर्जना गर्न मिल्दैन ।’

त्यसपछि पनि राप्रपाका सांसदहरुले टेबल ठोकिरहे, तर प्रधानमन्त्री ओलीले भने आफ्नो मन्तव्य जारी राख्नुभयो ।

टिप्पणीहरू