गणतन्त्रवादीहरुले लुट मच्चाए : राप्रपा अध्यक्ष

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रवादीहरुले लुट मच्चाएको आरोप लगाएका छन् । उनले १८ वर्षअघि राजतन्त्र हटाएपछि उनीहरुको लुटतन्त्र बढेको लिङदेनको भनाई छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले जनताले चाहेको अवस्थामा हिजो राजतन्त्र ढले झैँ गणतन्त्र पनि ढल्ने चेतावनी दिए । उनले राप्रपालाई कमजोर नठान्न सुझाएका छन् ।
उनले यसअघिका गणतान्त्रिक तथा प्रजातान्त्रिक आन्दोलनमा पनि मान्छे मरेको उदाहरण दिए । भने, ‘तपाईँहरू तोडफोड नगरी, मान्छे नमारी आएको हो ? अश्रु ग्यास मञ्चमा किन बर्साइयो ? गोली किन हानियो ?’
टिप्पणीहरू