अपराध अनुसन्धान कार्यालयको पत्र संसदमा

सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रीसमेत रहेका सांसद धवलशमशेर राणा पक्राउ परेको विषय प्रतिनिधिसभाको बैठकमा जानकारी गराउनुभएको छ । उहाँले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको पत्र आजको बैठकमा पढेर सुनाउनुभएको छ ।
दुई जनाको ज्यान गएको तीनकुने घटना प्रकरणमा राणा शुक्रबार राति पक्राउ परेका हुन् । त्यसबारे प्रहरीले संसद सचिवालयलाई शनिबार जानकारी गराएको थियो । हिजो पनि संसद बैठक अवरोध भएकाले सभामुखले आज पढेर सुनाउनुभएको हो ।
राजावादीहरुको उक्त कार्यक्रममा भएको हिंसा, तोडफोड, आगजनी र लुटपाटमा नेतृत्वदायी भूमिका निर्वाह गरेको अभियोगमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री राणासहित ४१ जनाविरुद्ध मुद्दा दर्ताको तयारी प्रहरीले गरेको छ।
टिप्पणीहरू