शहरमा कुकुर र बिरालो हराएपछि महानगरको सूचना

शहरमा कुकुर र बिरालो हराएपछि महानगरको सूचना

काठमाडौं महानगरपालिकाले घरपालुवा कुकुर, बिरालोलाई वडा कार्यालयमा दर्ता गर्नुपर्ने नियम पालना गर्न सबैलाई सूचना गरेको छ । केही समययता महानगर क्षेत्रमा कुकुर, बिरालो चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आएको जनाउँदै दर्ता गरिहाल्न भनिएको हो । 

महानगरले आज सार्वजनिक सूचना निकालेर आफ्ना कुकुर, बिरालोलाई माइक्रोचिप लगाई सम्बन्धित वडा कार्यालयमा दर्ता गराएर मात्र पाल्न आग्रह गरेको छ । भनिएको छ, ‘काठमाडौं महानगरपालिका क्षेत्रमा कुकुर, बिरालो चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको हुँदा आफ्ना कुकुर, बिरालोलाई माइक्रोचिप लगाई सम्बन्धित वडा कार्यालयमा दर्ता गराएर मात्र पाल्नुहुन सम्बन्धित सबैमा अनुरोध छ ।’

साथै, महानगर क्षेत्रभित्र कुकुर, बिरालो बेचबिखन गर्ने व्यक्ति तथा संस्थालाई पनि अनिवार्य रुपमा माइक्रोचिपिङ गरेर मात्र बिक्री गर्न सूचनामा जनाइएको छ ।

टिप्पणीहरू