स्टाटस हराएपछि वरिष्ठलाई लोकतन्त्रमाथि शंका

स्टाटस हराएपछि वरिष्ठलाई लोकतन्त्रमाथि शंका

संविधानविद् भीमार्जुन आचार्यले आफ्नो फेसबुक स्टाटस गायब भएको भन्दै गुनासो गरेका छन् । 

राजावादी आन्दोलनका क्रममा राज्य पक्षबाट भएको बल प्रयोगको विरोध गर्दै लेखिएको स्टाटस फेसबुकमा हराएको बताइएको छ । 'मेरो भर्खरैको स्टाटस् फेसबुमा सिन छैन । लोकतन्त्रको कार्यान्वन शुरू भए जस्तो छ', आचार्यले लेखेका छन् ।

नकुने घटनामा प्रहरीको गोली लागेर मरिएका कीर्तिपुरका सविन महर्जन र आन्दोलनमा सहभागी नभएका दिनेश र देविकामाथि राज्यआतंक भएको दाबी गर्दै उनले बिहान फेसबुकबाट खबरदारी गरेका थिए । यस प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगको भूमिकाप्रति असन्तुष्टि जनाएका उनले मिडिया र नागरिक समाजमाथि पनि औँलो ठड्याएका थिए । 

उक्त स्टाटस केहीबेरमै टाइमलाइनमा 'सिन' नभएको बरिष्ठ अधिवक्ता आचार्यको भनाई छ ।

यस्तो थियो हराएको स्टाटस


 

टिप्पणीहरू