राजावादीहरुको समूह नारा लगाउँदै नारायणहिटी जाँदै

राजावादीहरुको समूह नारा लगाउँदै नारायणहिटी जाँदै फाइल फाेटाे

राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि आन्दोलनरत एक समूहले आज काठमाडौँमा प्रदर्शन गरेको छ । राजतन्त्र पुनर्बहाली महाअभियाअन्तर्गत ‘राष्ट्रवादी नागरिक समाज’ ले दिउँसो सुन्धारास्थित धरहरा टिकट काउन्टर छेउबाट जुलुस निकालेको छ । 

समाजका संयोजक चन्द्रबहादुर रामदाम (चबरा) को नेतृत्वमा भएको प्रदर्शनमा करिब दुई दर्जन राजावादीको उपस्थिति देखिन्छ । 

‘राजतन्त्र पुनर्बहाली महाअभियान’ लेखिएको ब्यानर र प्रदेश ३–०१–०२३च ५०३८ नम्बरको महिन्द्रा भ्यानमा पूर्वराजा ज्ञानेन्द्र शाहको फोटोसहितको तुल टाँगेर सुन्धाराबाट निस्केको जुलुस न्युरोड गेट, जुद्ध शालिक, महाङ्काल, जमल, तीनधारा पाठशाला, महेन्द्र शालिक हुँदै नारायणहिटी गेटमा पुगेर कोणसभा गर्ने बताइएको छ ।

प्रदर्शनका क्रममा राजावादीहरुले सरकार र गणतान्त्रिक व्यवस्थाविरुद्ध चर्को नाराबाजी गरेका छन् । यो समूहले २०४७ सालको संविधान जगाउन भन्दै बेलाबेला माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएको थियो ।

टिप्पणीहरू