राजासँग प्रधानमन्त्री ओलीको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डका राजा महा बजिरालोङ्कोर्नसँग भेट गर्न लाग्नुभएको छ । थाइल्याण्डको एक दिने औपचारिक भ्रमणका क्रममा उहाँले आज नेपाली समयअनुसार बेलुकी पौने ६ बजे बैंककस्थित राजप्रासादमा औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
सो भेटवार्ताअघि अहिले दरबारमा राजदम्पतिसँग अनौपचारिक कुराकानी भइरहेको बुझिएको छ ।
भोलिदेखि हुने बिम्स्टेकको शिखर सम्मेलनमा भाग लिन हिजो त्यहाँ पुग्नुभएका प्रधानमन्त्रीले आज थाइल्याण्डको औपचारिक भ्रमण गर्नुभएको हो । थाइल्याण्डसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षमा प्रधानमन्त्री ओलीले ५० जनाको टोलीसँगै पहिलो पटक थाइल्याण्डले औपचारिक भ्रमण गर्नुभएको हो ।
टिप्पणीहरू