पूर्वराजाले प्रसाईं च्यापेकोमा प्रचण्ड चिन्तित

पूर्वराजाले प्रसाईं च्यापेकोमा प्रचण्ड चिन्तित

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तिम राजा ज्ञानेन्द्र शाहको बुद्धि बिग्रिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । दुर्गा प्रसाईलाई आन्दोलनको जनकमाण्डर बनाएदेखि नै पूर्वराजाको चेतना छर्लङ्ग भएको उहाँको भनाई छ । 

‘पूर्वराजा ज्ञानेन्द्र शाहले दुर्गा प्रसाईंजस्तो हावालाई कमान्डर बनाए, त्यस्तो हावालाई कमान्डर बनाएको छ’, आज दिउँसो बाँकेको कोहलपुरमा आयोजित अनेमसंघ (क्रान्तिकारी) लुम्बिनी प्रदेशको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘प्रसाईंलाई त के भन्नु र, ज्ञानेन्द्रको बुद्धि देख्दा पो चिन्ता लाग्या छ,  त्यस्तालाई कमान्डर बनाएर के गरेको होला ?’,   

वर्तमान सरकारले गणतन्त्रको संरक्षण गर्न नसक्ने देखिएपछि आफूहरु अभियान स्थगित गरेर राजधानी फर्किएको प्रचण्डले बताउनुभयो । चैत १५ गतेकाे विराेधसभा स्मरण गर्दै थप्नुभयाे, ‘हामी मधेस झरेको मौका छोपेर गणतन्त्रविरुद्ध राजावादीहरू सल्बलाउन थाले, बयलगाडाले गणतन्त्र संरक्षण गर्न सक्दैन भनेर हामीले काठमाडौँमा विरोध प्रदर्शन गर्‍यौँ, अस्तिको विरोधसभाले धेरैलाई चकित बनाएको छ ।’

अध्यक्ष प्रचण्डले एक दशकयता माओवादीले आफ्नो वर्ग छोडेको स्वीकारोक्ति आज पनि गर्नुभएको छ । यद्यपि, अब उक्त गल्ती नदोहोर्याउने उहाँको प्रतिबद्धता छ ।

अघि भन्नुभयो, ‘आठ दश वर्षयता सरकार बनाउने र ढाल्ने खेलमा हामीले बढी समय दियौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि त्याग तपस्या र बलिदान गरेका वर्गलाई छोड्यौँ । तर अब कांग्रेस र एमालेको बैशाखी टेकेर नभई आफ्नै खुट्टामा उभिने गरी समीक्षा गरेका छौँ ।’

टिप्पणीहरू