आज १० बजे बालेनले टुकुचामा गाड्लान् कि गला मिलाउलान् ?
1.62K shares

'काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले ३ महिनादेखि तलब पाएको छैन,सरकारको दम्भले !, को कोले के के आन्दोलन गर्ने हो,मलाई थाहा छैन,अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !', संघीय सरकारसँग निरन्तर पंगा लिइरहेका काठमाडौँ महानगरका मेयर बालेन्द्र उर्फ बालेन साहले अघिल्लो हप्ता फेसबुकमा यस्तो स्टाटस लेखे ।
देशको राजधानी शहरसमेत रहेको महानगरका मेयरबाट यस्तो अपेक्षा गरिएको हुँदैन । तर,बालेन भने न्यूनतम पदीय मर्यादासमेत भुलेर यो रुपमा प्रकट भैरहन्छन् । यसअघि कहिले सिंहदरबारमा आगो लगाइदिने त कहिले नेताहरुलाई फोहोर फाल्ने ठाउँमा डम्प गर्नेजस्तो अत्यन्त गैरजिम्मेवार अभिव्यक्ति दिंदै आएका उनको पछिल्लो आक्रोश चैं प्रमुख प्रशासकीय अधिकृतसँग सम्बन्धित छ ।
अर्बौंको बजेट सन्चालन गर्ने काठमाडौँ महानगर यतिबेला प्रमुख प्रशासकीय अधिकृत बिहीन छ । जसका कारण विकास,निर्माणसँग जोडिएका कार्यक्रम त प्रभावित भएकै छन्, महानगरका कर्मचारीले तलबसमेत खान पाएका छैनन् । प्रशासकीय अधिकृत हटाउने आफ्नै निर्णयले यसरी अप्ठेरोमा परेका बालेनले सिंहदरबारमाथि दबाब बढाउन 'टुकुचामा गाड्ने' स्टाटस लेखेको बुझ्न कठिन छैन ।
यसैबीच सरकारले पुरानै प्रशासकीय अधिकृतलाई महानगरमा पठाउने तयारी गरेपछि सिंहदरबारमाथि दबाब बढाउन खोजेका बालेन स्वयं अप्ठेरोमा पर्ने भएका छन् ।
यसैबीच सरकारले पुरानै प्रशासकीय अधिकृतलाई महानगरमा पठाउने तयारी गरेपछि सिंहदरबारमाथि दबाब बढाउन खोजेका बालेन स्वयं अप्ठेरोमा पर्ने भएका छन् । सरकारी स्रोतका अनुसार आज बिहान १० बजे सरोज गुरागाइँ महानगर कार्यालयमा हाजिर हुँदैछन् ।
नेपाल सरकारको सहसचिवस्तरका कर्मचारी गुरागाइा तिनै कर्मचारी हुन्, जसलाई बालेनले जबर्जस्ती धपाएका थिए । वडा नम्बर २८ स्थित पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ टावरको नक्सा प्रक्रिया पूरा नगरी स्वीकृत गरेको भन्दै निकालिए पनि आरोप प्रमाणित भएन । यस प्रकरणमा प्रशासकीय अधिकृतको सहभागिता रहे, नरहेको बुझ्न बालेन आफैँले छानविन समिति बनाएका थिए । तर, उक्त समितिले दोषी ठहर नगरेपछि प्रतिवेदन नै दम्पच पारेका उनी नयाँ प्रशासकीय अधिकृत ल्याउने कसरतमा छन् ।
यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाइँलाई काम गर्ने वातावरण मिलाइदिन महानगरपालिकालाई पत्र लेखेर अनुरोधसमेत गरेको थियो । तर, त्यसबेला तयार नभएका बालेनले कार्यकक्षमा ताला लगाएर आज पनि हाजिर गर्न दिनेमा शंका छ । गुरागाईँअघि पनि उनले भनेअनुसार नगरेको भन्दै तीनजना हाकिम महानगरबाट लखेटिएका थिए ।
यो लफडामा एक कदम पछाडि हटेर सरकार प्रशासकीय अधिकृत पठाउन तयार हुँदा बालेनले साँच्चै कर्मचारी चाहेका हुन् या उनी टुकुचामा गाड्ने अडानमै रहलान् त्यो आजै थाहा हुनेछ ।
1.62K shares
टिप्पणीहरू