तीनकुने घटनामा २० जनालाई गोली

तीनकुने घटनामा २० जनालाई गोली

नेपाल प्रहरीले गत शुक्रबारको तीनकुने घटनामा २० जनालाई गोली लागेको जनाएकाे छ । प्रहरीले आज पत्रकार सम्मेलन गरेर उक्त घटनाबारे विस्तृतमा बिफ्रिङ गरेका हो । 

उक्त दिन कुल ५८ राउण्ड गोली चलाइएकोमा १८ गाेली पुरुष र दुई गाेली महिलालाई लागेको प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार गोली लागेका १३ जनाको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

त्यस्तै, प्रहरीले रेविका खत्री र दिनेश खत्री (दाजुबहिनी)लाई झुक्किएर गोली लागेको पनि स्पष्ट पारेको छ । कतिपयले जानीजानी उनीहरुमाथि गोली चलाइएको दावी गरिरहँदा प्रहरीले भने अन्जानमा लागेको जिकिर गरेको हो । 

डिआइजी आचार्यले भने, ‘प्रहरीको टार्गेटमा अरु नै थिए, तर भीडमा उहाँहरु पर्नुभयो ।’प्रदर्शनकारी उत्तेजित भएपछि भीडलाई नियन्त्रणमा लिनको लागि मात्रै गोली चलाउनु परेको प्रहरीको तर्क छ ।

टिप्पणीहरू