दिल्लीको अपोलो अस्पतालबाट समातिएलान् त दुर्गा प्रसाईं ?

दिल्लीको अपोलो अस्पतालबाट समातिएलान् त दुर्गा प्रसाईं ?

गत शुक्रबार तीनकुनेमा बवण्डर मच्चाएर भागेका राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं अहिलेसम्म बेपत्ता छन् । राजसंस्था पुनर्स्थापनाको माग गर्दै भएको प्रदर्शन भड्काएर हिंसामा परिणत गराएका र सुरक्षाकर्मीलाई छक्याउँदै फरार भएका उनको खोजी भैरहेको छ । 

तीन दिनअघि फेसबुकबाट भिडियो सन्देश जारी गर्दै प्रसाईंले आफू काठमाडौँकै एक मन्दिरमा ज्यान जोगाउन लुकेर बसेको बताएका थिए । खुराफाती दिमागका लागि मास्टर माइन्ड मानिने उनले सुरक्षा निकायको ध्यान अन्यत्र मोड्न यस्तो जुक्ति निकालेको अनुमान गरेको प्रहरीले सबैतिर खोजतलास गरिरहेको छ । भारतसँग सीमा जोडिएका झापा,मोरङ र सुनसरीलगायत पूर्वका जिल्लामा प्रहरीको विशेष टोली नै खटिएको छ । 

"बिशेष ब्युरोको टोली परिचालन गरेको प्रहरीले भुटानी काण्डमा बेचन झालाई जस्तै समातेर ल्याउन भारतीय प्रहरीसँग समन्वय पनि गरिरहेको छ । 'प्रसाईं सीमा काटेर गएकै भए पनि उम्किन सक्दैनन्', प्रहरी मुख्यालय स्रोतले ढुक्कका साथ भन्यो ।"

यस प्रकरणमा राप्रपाका नेता रविन्द्र मिश्र,धवलसमशेर राणासहित १८० जना भन्दा बढी पक्राउ परिसकेका छन् । तर, सारा सुरक्षा संयन्त्र परिचालित हुँदा पनि अपराधिक घटनाका मुख्य नाइके प्रसाईं भने कहाँ छन् प्रहरीलाई सुइँकोसमेत छैन । राज्य संयन्त्रलाई चक्मा दिँदै भारत पुगेको अनुमान भैरहँदा प्रहरीले विशेष रणनीति बनाएको छ । 

बिशेष ब्युरोको टोली परिचालन गरेको प्रहरीले भुटानी काण्डमा बेचन झालाई जस्तै समातेर ल्याउन भारतीय प्रहरीसँग समन्वय पनि गरिरहेको छ । 'प्रसाईं सीमा काटेर गएकै भए पनि उम्किन सक्दैनन्', प्रहरी मुख्यालय स्रोतले ढुक्कका साथ भन्यो । 

दिल्लीको एपोलो अस्पतालमा प्रसाईं समातिनसक्ने सम्भावना छ । किनभने उक्त अस्पतालमा उनले केही वर्षदेखि नियमित जीब्रो जाँच गराउँदै आएका छन् । पछिल्लो पटक उनले चैतको पहिलो साता जँचाएका थिए । प्रसाईंले एपोलोमा प्रत्येक महिना जीब्रो देखाउने गरेको र अर्को समय पनि नजिकै आइसकेको बताइएको छ ।

टिप्पणीहरू