मापसे गरेर उपमेयरमाथि हमला

बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मदिरा सेवन गरेर कार्यालय पुगेका आचार्यले कार्यालयभित्र मेयरसँगै उपमेयरमाथि दुर्व्यवहार गरेको आरोप छ । उनलाई हिजो बेलुकी नगरपालिकाबाटै पक्रेर जिल्ला प्रहरी कार्यालय पुर्याइएको छ ।
उनले अस्ति नगर प्रमुख छविलाल थारु र उप प्रमुख रत्नकुमारी पाण्डेलाई अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बर्दियामा उजुर परेको थियो । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका आचार्यले उपमेयरको कार्यकक्षमा छिरेर तथानाम गाली गर्दै हातपातको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आचार्यले भने एउटा पावर टेलर खरिदमा उपमेयरले कमिसन नपाएको झोंकमा आफूमाथि अनावश्यक आरोप लगाएको बताएका छन् । उनको भनाइ उद्धृत गर्दै स्रोत भन्छ, ‘मेशिन खरिदमा पाँच लाख कमिसन मागेकी थिइन् । नपाएको झोंकमा प्रशासकीय अधिकृतलाई थुनाइदिइन् ।’
टिप्पणीहरू