सर्वोच्चको एउटा इजलासमा कुलमान र हितेन्द्रको मात्रै मुद्दा

नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकबाट बर्खास्त कुलमान घिसिङ र सोही पदमा नियुक्त हितेन्द्रदेव शाक्यको छुट्टाछुट्टै रिटमाथि आज पनि सुनुवाइ जारी छ । हिजो पनि हेर्दाहेदैमा परेपछि अस्तिदेखि सुनुवाई भएको उक्त रिटमाथि आज सुनुवाइ भएको हो ।
न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयकोे ५ नम्बर इजलासमा ती दुई बाहेक अरु कुनै रिट राखिएको छैन ।
कुलमान घिसिङले आफ्नो कार्यकाल बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएकाले पुनः पदबहालीको माग गरेका छन् भने शाक्यले चार वर्षअघि आफूलाई त्यस्तै गरिएको र अहिले नियुक्ती भएकाले कुलमानको पदावधि बाँकी नरहेको जिकीर गरेका छन् ।
टिप्पणीहरू