प्रधानमन्त्रीको साइडलाइन भेटवार्ता शुरु, मोदीसँग भोलि

प्रधानमन्त्रीको साइडलाइन भेटवार्ता शुरु, मोदीसँग भोलि

प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाबीच भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको छैटौँ शिखर सम्मेलनका क्रममा बैंंककमा रहनुभएका प्रधानमन्त्रीले आज श्रीलंकाली समकक्षीसँग साइडलाइन भेट गर्नुभएको हो । सो अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको बताइएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत भेटवार्तामा सहभागी थिए । 

औपचारिक भ्रमणका कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओलीले सम्मेलनमा भाग लिन थाइल्याण्ड आएका सदस्य मुलुकका राष्ट्रप्रमुख–सरकार प्रमुखसँग साइडलाइन र अन्य भेटवार्ता गरिरहनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भोलि अपराह्न भेटवार्ता तय भएको बताइएको छ । 

भारतसँग सम्बन्ध सुधारका लागि दिल्ली भ्रमणको प्रयासमा रहनुभएका प्रधानमन्त्री ओलीले मोदीसँगको भेटलाई विशेष महत्व दिँदै आउनुभएको छ । यसअघि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएका बेला उहाँले छोटो भेट गर्नुभएको थियो ।
 

टिप्पणीहरू