अवस्था भयावह भएपछि चासो र चर्चा

अवस्था भयावह भएपछि चासो र चर्चा

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायु प्रदूषणको अवस्थामा सुधार ल्याउन आवश्यक कदमका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । गर्मी बढेसँगै वायु प्रदूषण खतराको तह नजिक पुगेको जनाउँदै प्राधिकरणले वायु प्रदूषणको अवस्थामा सुधार ल्याउन सम्बन्धित निकाय थप जिम्मेवार हुँदै आवश्यक कदम चाल्नुपर्ने बताएको छ ।

‘वायु प्रदूषण विज्ञहरुका अनुसार अझै एक हप्ता अवस्थामा सुधार नहुने देखिएकोले सम्बन्धित जिम्मेवार निकायले वायु प्रदूषणको अवस्थामा सुधार ल्याउन एवं एवं संकटासन्न संवेदनशील समूहलाई सम्भावित असरबाट जोगाउन आवश्यक कदम चाल्नहुन प्राधिकरण विशेष अपिल गर्दछ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

प्राधिकरणले वायु गुणस्तर सूचकाङ्क (एक्युआई) निकै अस्वास्थ्यकर बिन्दुमा पुगेकोले मानवीय स्वास्थ्यमा शारीरिक तथा मानसिक समस्या बढ्नसक्ने जनाउँदै घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, सवारी साधनको प्रयोग कम गर्न, घर, सडक तथा सार्वजनिक स्थानको सरसफाईमा ध्यान दिन, निर्माण कार्यलाई तत्काल स्थगन गर्न तथा फोहोरमैला जलाउन आम सर्वसाधारणलाई आग्रहसमेत गरेको छ । 

भनिएको छ, ‘वायु प्रदूषणको गाम्भिर्यतालाई ध्यानमा राखी सम्भव भएसम्म घरमै बस्न, कार्यालयका कामहरु घरबाटै व्यवस्थापन गर्न, सवारी साधनको प्रयोग कम गर्न, घर, सडक तथा सार्वजनिक स्थानको सरसफाईमा ध्यान दिन, अत्याधिक धुलो र धुँवा उत्सर्जन गर्ने निर्माण कार्य केही समयलाई स्थगन गरी वातावरणमैत्री हुने गरी नियमन गर्न, फोहरमैलाको सही व्यवस्थापन गर्न एवं फोहरमैला नजलाउन, वन डढेलो लाग्नै नदिन र लागिहाले सावधानीपूर्वक नियन्त्रण गर्न, बालबच्चा, वृद्धवृद्धा र संवेदनशील स्वास्थ्य समस्या भएकाहरुको विशेष हेरचाह गर्न र प्रदूषण बढेको बेला घरबाहिर निस्कँदा सुरक्षित मास्कको प्रयोग गर्न प्राधिकरण सबैमा अनुरोध गर्दछ ।’

टिप्पणीहरू