चेक चलाउने हाकिमलाई रोक्दा मेयर बालेनको चर्को विरोध

कर्मचारीहरुले महिनौंदेखि तलब नपाएको देख्दादेख्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको विरोध शुरु भएको छ । मेयर भएर सहजकर्ताको भूमिका निर्वाह गर्नुको साटो दादागिरी देखाएको भन्दै कर्मचारीहरुले उनको खोइरो खनेका छन् । एक कर्मचारीले बालेनले आफूलाई राजा–महाराजा ठानेको आरोप लगाएका छन् ।
उनले बोलेको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ । तीन महिनादेखि कर्मचारीहरु तलबविहिन हुँदासमेत मेयर गम्भीर नभएको उनको जिकिर छ । त्यसैगरी,उनले दादागिरीले महानगरपालिका नचल्ने बताएका छन् ।
आक्रोशित हुँदै भन्छन्,‘दादागिरीले चल्छ यहाँ ? सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्दैन ? कर्मचारीलाई तलब दिनुपर्दैन ? मेयर साबलाई भेट्न दिँदैनन् । राजा–महाराजाजस्तो हुनुहुन्छ उहाँ भेट्नै नपाउने । कर्मचारी र मजदुर साथीले मेयर साबलाई भेट्न नपाउने ? ३४–३५ वर्ष भइसक्यो जागिर खाएको,मेयर साब भेट्न नपाउने ?’
उनले नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई पनि नराम्ररी झपारेका छन् । ‘एसपी साब,तपाईँलाई तलब चाहिँदैन ? हामी तलबका लागि आएका हौं । कसैले उक्साएर होइन । तपाईँहरु पो उक्साएको भन्न आउनुभयो एसपी साब’,उनले जंगिँदै भनेका छन् । आफूहरु बालेन र विकासको विरोधी नभएको उल्लेख गर्दै उनले पटकपटक भेट्न आउँदा पनि मेयरले भेट्न नदिएको गुनासो पोखेका छन् । मेयरका आसेपासेहरुले महानगरलाई दादागिरी देखाउने थलो बनाएको पनि ती कर्मचारीहरुको आरोप छ ।
उक्त भिडियोमा हजारौं कमेण्ट आएको छ । प्रोमेसिङ पौडेलले लेखेका छन्,‘यति छिटो नाङगिएलान् जस्तो लागेको थिएन,गँजेडी ।’ सायोबु साहिंलाले बालेनलाई ‘ब्याड मेयर’ भनेका छन् । लेख्छन्,‘मेयरलाई भेट्न नपाउने पनि हुन्छ ? ब्याड मेयर !’
टिप्पणीहरू