सकियो सम्मेलनसँगै मोदीसँगको भेट

सकियो सम्मेलनसँगै मोदीसँगको भेट

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक० को छैठौं शिखर सम्मेलनले बैंकक सोचपत्र, २०३० जारी गरेको छ । भर्खरै सम्पन्न सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनअन्तर्गत बिमस्टेक बैंकक भिजनसहित छ बुँदे प्रस्ताव पारित गरेको छ । 

थाइल्याण्डका प्रधानमन्त्री पेथोङ्थान सिनावात्राले बिमस्टेकलाई प्रभावकारी बनाउन कार्यमुखी संयन्त्र गठन, भविष्य निर्धारणका लागि प्रबुद्ध व्यक्तिहरूको समूह ९इपिजी० गठन, म्यारिटाइम ट्रान्सपोर्ट सम्झौता, भूकम्पबाट प्रभावित म्यान्मार र थाइल्याण्डलाई सहयोग गर्ने, जनता–जनताको सम्पर्क विस्तार गरिने जानकारी दिइन् ।

सम्मेलन पश्चात् बैंककबाट कोलम्बो प्रस्थान गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच संक्षिप्त साइडलाइन वार्ता भएको छ । भेटवार्ताबारे दुबै पक्षले थप जानकारी दिएका छैनन् ।

हिजो थाइल्याण्डको औपचारिक भ्रमण गरेका भारतीय प्रधानमन्त्री श्रीलंकाको औपचारिक भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीको थाइल्याण्ड औपचारिक भ्रमण अस्ति भएको थियो । गत मंगलबार बैंकक प्रस्थान गरेको प्रधानमन्त्री नेतृत्वको टोली भोलि मध्यान्ह स्वदेश फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू