तीनकुने आसपास प्रदर्शन बन्देज लगाउन निर्देशन

संसदीय समितिले अबदेखि काठमाडौँको तीनकुने आसपासको क्षेत्रमा विरोध प्रदर्शन गर्न नदिन निर्देशन दिएको छ ।
आज बसेको संघीय संसद्को राज्य व्यवस्था समितिको बैठकले सरकारलाई यस्त निर्देशन दिएको हो । चैत १५ को राजावादीको प्रदर्शन र त्यसले निम्त्याएको क्षेतिबारे छलफल गर्न बसेको बैठकमा गृहमन्त्री रमेश लेखक पनि उपस्थित थिए ।
यसअघि समिति बैठकमा सांसदहरुले एकातिर अन्तराष्ट्रिय विमानस्थल, अर्कोतिर संसद भवन रहेको तीनकुने सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशील भएकाले त्यहाँ कुनै पनि कार्यक्रम गर्न बन्देज गरिनुपर्नेमा जोड दिएका थिए । बैठकपछि समिति सभापति रामहरी खतिवडाले संसदहरुको भनाईअनुसार सरकारलाई निर्देशन दिए ।
राजवादीहरुले आयोजना गरेको तीनकुनेको प्रदर्शन एकएक हिंसामा परिणत भएको र आपराधिक गतिविधिमा संलग्न सबै दोषीमाथी कारवाही गर्न पनि समितिले सरकारलाई प्रष्ट निर्देश गरेको छ । त्यसैगरी, यस्ता घटना दोहोरिनबाट रोक्न र गणतन्त्रको रक्षामा लाग्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई विशेष निर्देशन छ ।
टिप्पणीहरू