रविको जनयात्रा एकाएक जेल यात्रामा परिणत

रविको जनयात्रा एकाएक जेल यात्रामा परिणत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई भैरहवा जेलमा राखिने भएको छ । 

सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा उच्च अदालत दाङको बुटवल इजलासले आज पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि अहिले काठमाडौँमा रहेका उनलाई भोलि बिहानै समातेर जहाज चढाई भैरहवा लैजाने प्रहरीको तयारी छ । 

बुटवलको सुप्रिम सहकारी घोटालामा मुद्दा चलाइएका रविलाई यसअघि जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटी लिएर छोडेको थियो । जिल्लाको आदेशविरुद्ध उनी आफैँ निवेदन लिएर उच्च पुगेका थिए । त्यस्तै,यही मुद्दामा आफूलाई जेल पठाउने जिल्ला  अदालतको आदेश बदर गराउन रविका तत्कालिन व्यावसायिक साझेदार नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशी पनि उच्च पुगेका थिए । 

अदालतको यो आदेशसँगै अबको केही वर्ष रवि भैरहवा कारागारमा रहने छन् । पाँच दिनअघि मात्रै पार्टी राजनीतिमा कम्ब्याक गरेका उनलाई यसले ठूलो झड्का दिएको छ ।

उच्चका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासमा दुवै निवेदनलाई एकै ठाउँमा राखेर हिजोदेखि सुनुवाई शुरु भएको थियो । हिजो हेर्दाहेर्दैमा गएको मुद्दामा आज सुनुवाई गर्दै न्यायाधीशद्वयले यौटै मुद्दामा एकजनालाई जेल पठाउने तर मुख्य दोषीलाई धरौटीमा छाड्ने जिल्लाको आदेश मिल्दो नभएको भन्दै सच्याउन आदेश गरेका हुन् । सचिवबाट न्यायाधीश बनेका ढकाल फौजदारी कानुनका ज्ञाता मानिन्छन् ।

अदालतको यो आदेशसँगै अबको केही वर्ष रवि भैरहवा कारागारमा रहने छन् । पाँच दिनअघि मात्रै पार्टी राजनीतिमा कम्ब्याक गरेका उनलाई यसले ठूलो झड्का दिएको छ । 

देशका पाँच वटा जिल्लामा सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा खेपिरहेका उनी चैत १७ गते १६४ दिनपछि पार्टी कार्यालयमा प्रकट भएका थिए । त्यसक्रममा बनस्थलीस्थित पार्टी कार्यालयमा घण्टी बजाएर समर्थकहरूलाई सम्बोधन गरेका उनले आफूमाथि सरकारले अहिले पनि षड्यन्त्र गरिरहेको दाबी गर्दै प्रतिवाद गर्ने संकेत दिएका थिए ।

पार्टीमा फर्किएसँगै संगठन निर्माणका लागि 'जनयात्रा' थाल्ने उनको घोषणा पनि थियो । तर, अदालतको आदेशसँगै उनको 'जनयात्रा' अब 'जेलयात्रा' मा परिणत भएको छ ।

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...

टिप्पणीहरू