प्रधानमन्त्री बैंककबाट आउँदै,आकाशमा अरुलाई रोकावट

प्रधानमन्त्री बैंककबाट आउँदै,आकाशमा अरुलाई रोकावट

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैठौँं शिखर सम्मेलनमा भाग लिने क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसङ्ग सकारात्मक वार्ता सकी मधुर मुस्कानसहित स्वदेश फर्कंदै हुनुहुन्छ । उहाँ सवार विमान मध्यान्ह १२ः २५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ । 

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली थाइ एअरवेजको उडानमा नेपाली समयअनुसार बिहान ९ बजे बैंककस्थिक सुवर्णभूमि अन्तरर्राष्ट्रिय विमानस्थलस्थलबाट प्रस्थान गर्नुभएको थियो । उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि मध्यान्ह १२ बजेदेखि पौने १ बजेसम्म काठमाडौं वरपरको आकाशमा उडान प्रतिबन्ध जारी गरिएको छ ।

प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य,परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा,प्रधानमन्त्रीका सल्लाहकारहरु विष्णुप्रसाद रिमाल, युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत ५० जनाको टोली छ ।
 

टिप्पणीहरू