एकीकृत समाजवादी देशव्यापी प्रदर्शनको तयारीमा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले तोडफोड तथा आगजनीको छानबिन माग गर्दै देशभर विरोध प्रदर्शन गर्ने भएको छ । चैत १५ गते राजधानीमा राजावादीहरुले आयोजना गरेको प्रदर्शनको क्रममा उक्त पार्टीको मुख्यालय पनि तोडफोड र आगजनी गरिएको थियो ।
दुई जनाको ज्यान गएको, लुटपाट, तोडफोड र आगजनी गरिएको उक्त कार्यको विरोधमा चैत २५ गते देशभर विरोध प्रदर्शन एवम् सभा गर्न लागिएको हो । पार्टी प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार उक्त दिनको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कानुनी कारबाही गर्नुपर्ने उद्देश्यले विरोध प्रदर्शन एवम् सभा गर्न लागिएको हो ।
सबै पालिकाका वडा, प्रदेशमा विरोध प्रदर्शनको कार्यक्रम राखिएको छ । पार्टीले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सरोकार पक्षसँग सार्वजनिक रूपमा छलफल गरी उनीहरुको सुझाव सल्लाह लिएर पार्टीले अवलम्बन गरेको समाजवादी कार्यक्रमलाई परिमार्जन गरिने बताइएको छ । चैत २ गतेदेखि जारी छलफल अभियान बैशाख २२ गतेसम्म हुने छ ।
टिप्पणीहरू