मोरङमा सशस्त्रको वार्षिकोत्सव धुमधाम

मोरङमा सशस्त्रको वार्षिकोत्सव धुमधाम

पिठोले बनेको मीठो केकलाई टिलिक्क टल्कने सानो खन्जरले काटेर बाँडचुडी खुवाउँदै शसस्त्र प्रहरी बल नेपालको मोरङ ३, नम्बर गणले आफनो बिसौं स्थापना दिवस मनाएको छ । स्थापना दिवसमा बूढीगंगा गाउँपालिका १ मा रहेको उक्त गणले विविध कार्यक्रम आयोजना गरेको छ । 

कोशी प्रदेश पृतनाका डिआइजी शम्भुप्रसाद सुवेदी र मोरङका प्रमुख जिल्ला अधिकारी इनरदेव यादवले केक संयुक्त रुपमा केक काटेका हुन् । शुभकामना मन्तव्यमा सुवेदीले सीमित स्रोत साधनका वावजुद चुनौती मोल्दै शान्ति सुरक्षामा निरन्तर खटिएर परिणाम दिलाउन सक्नु नै असल सुरक्षाकर्मीको परिचय भएको बताए । उनले नागरिकको सेवामा शसस्त्र प्रहरी सँधै सक्रिय हुने उनको दाबी छ । 

 
मोरङका प्रमुख जिल्ला अधिकारी इनरदेव यादवले विपद् व्यवस्थापन र सीमा सुरक्षामा शसस्त्र प्रहरी अब्बल रहेकाले थप प्रभावकारितको निम्ति शुभकामना दिए । बुढीगंगा गाउँपालिका अध्यक्ष जितनाराण थापाले शसस्त्र प्रहरीको मोरङकै सबैभन्दा ठूलो गण आफनो पालिकामा हुँदा आफूहरुलाई गर्व लागेको बताए । उनले विगतमा झैँ आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्य गर्दै जाने विश्वास दिलाएका छन् । 

गणपति एसपी राजेश घिमिरिले गणको सेवालाई प्रभावकारी बनाउन आवश्यक सुधार गर्दै लैजाने प्रतिबद्धता जनाए । शसस्त्र प्रहरीको जिल्ला मुख्यालय ३ नम्बर गण सीमा सुरक्षा सुरक्षा, चोरी तस्करी नियन्त्रण, विपद उद्धारदेखि, शान्ति सुरक्षामा खटिँदै आाएको छ ।

सो अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रहरी र सहयोगी दाताहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा कर्मचारीले सांगीतिक प्रस्तुती गरेका थिए ।

टिप्पणीहरू