भर्खरै अध्यक्ष जितेका ठगुन्नामाथि निर्घात कुटपिट

भक्तपुरको सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि सांघातिक हमला भएको छ ।
अखिल (क्रान्तिकारी)का नेतासमेत रहेका उनी गएराति बाटोमा हिंडिरहेका बेला अज्ञात समूहको आक्रमणमा परेको बताइएको छ । माओवादी केन्द्रका नेता हिमाल शर्माले घटनाबारे जानकारी दिँदै ठगुन्नाको स्वास्थ्य लाभको कामना गरेका छन् ।
उनको चिउडो र आँखा नजिक चोट लागेको जनाइएको छ । चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा ठगुन्ना अखिल (क्रान्तिकारी)बाट उम्मेदवार भई अध्यक्ष निर्वाचित भएका थिए ।
टिप्पणीहरू