कुलमानको पक्षमा नारा लगाउँदै उर्जामन्त्रीमाथि आक्रोश

कुलमानको पक्षमा नारा लगाउँदै उर्जामन्त्रीमाथि आक्रोश

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट निकालिएका कुलमान घिसिङको समर्थनमा आज पनि काठमाडौँमा प्रदर्शन भएको छ । स्वतन्त्र नागरिक समूहले आज दिउँसो माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । 

उपत्यकाका विभिन्न स्थानबाट जुलुससहित मण्डलामा भेला भएका युवाहरुले कुलमनलाई हटाउने निर्णय सच्याउन माग गरे । त्यसक्रममा उनीहरुले उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काकाे राजीनामा पनि मागेका छन् । 

सांस्कृतिक पहिरन र कुलमानको फोटो अंकित टिसर्ट लगाएर उपस्थित भएका कुलमान सर्मथकहरुले ‘उज्यालो नेपालका नायक, जिन्दावाद’, ‘कुलमान हाम्रो शान हो, देश र जनताको मान हो’, ‘कर्मचारी संयन्त्रभित्रको बेथिति र विसंगती अन्त्य गर’, ‘उर्जामन्त्री राजीनामा दे’ जस्ता नारा लगाए। 

झाँकी र नृत्यसहित सडकमा आएका उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पनि प्रतिकात्मक विरोध पनि गरे ।

तस्बिरहरु ः


 

टिप्पणीहरू