दाउन्ने सडक दुई चरणमा बन्द, कालीगण्डकी करिडोर प्रयोग गर्न सुझाव

दाउन्ने सडक दुई चरणमा बन्द, कालीगण्डकी करिडोर प्रयोग गर्न सुझाव

नवलपरासी पश्चिमको नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड बन्द हुने भएको छ । स्तरोन्नतिका निम्ति आगामी बुधबारदेखि वैशाख १५ गतेसम्म दुई चरणमा सडक बन्द गर्न लागिएको जनाइएको छ ।

सडक विभागका अनुसार चैत २७ गतेदेखि ३१ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द हुनेछ । सो अवधिमा अत्यावश्यक सवारी साधनबाहेक अन्यलाई आवतजावतमा रोक लगाइने छ । 

सवारी रोक्दा र चलाउँदा कडाइका साथ लेन अनुशासन पालना गर्न आग्रह गर्दै विभागले सवारी साधन लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्न चेतावनी दिएको छ । त्यसो गरिएमा प्रचलित नियमानुसार कडा कारबाही गरिनेछ । साथै, सडक बन्द रहुञ्जेल कालीगण्डकी करिडोरको गैंडाकोट–राम्दी खण्डलाई वैकल्पिक बाटोको रुपमा प्रयोग गर्न सकिने विभागले जनाएको छ ।

टिप्पणीहरू