महानिर्देशक अधिकारीमाथि कारबाही माग, अन्यथा आन्दोलनको चेतावनी

महानिर्देशक अधिकारीमाथि कारबाही माग, अन्यथा आन्दोलनको चेतावनी

सिद्धार्थ सञ्जाल, रुपन्देहीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कारबाहीको माग गरेको छ । उनले पटकपटक दिएका नकारामक र आपत्तिजनक अभिव्यक्तिका कारण अर्बौ लगानी गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले निरन्तरता पाउन नसकेको भन्दै सञ्जालले कारबाहीका लागि सरकार गुहारेको छ ।

सञ्जाल अध्यक्ष अनिलकुमार ज्ञवाली र वरिष्ठ उपाध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले विज्ञप्ति जारी गर्दै महानिर्देशक अधिकारीलाई कारबाही गरी विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सुचारुका निम्ति आग्रह गरेका छन् । अन्यथा, आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ । 

विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पटकपटक दिएका नकारात्मक र आपत्तिजनक अभिव्यक्तिले गर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले निरन्तरता पाउन नसकेको हामी रुपन्देही जिल्लामा रहेका उद्योगी व्यवसायी, पर्यटन व्यवसायीले महसुस गरी उहाँले पटकपटक दिएका नकारात्मक अभिव्यक्तिप्रति घोर आपत्ति र भत्र्सना गर्दै यथासिघ्र उहाँलाई कारबाही गरी विमानस्थलबाट नियमित उडान सुचारु गर्नका लागि जोडदार माग गर्दछौं, अन्यथा शान्तिपूर्ण आन्दोलनमा जान बाध्य हुनेछौं ।’
 

टिप्पणीहरू