सिमेन्ट र डण्डीमा मूल्य लेख्न निर्देशन

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्टको प्याकेट तथा फलामे डण्डीको वण्डलमा उत्पादित मूल्य (फ्याक्ट्री गेट प्राइस) र अधिकतम खुद्रा बिक्री मूल्य लेख्न निर्देशन दिएको छ ।
विभागले एक सूचना जारी गर्दै आम उपभोक्ताले बुझ्ने गरी अङ्ग्रेजी तथा नेपाली भाषामा अनिवार्य रुपमा ब्राण्डसहित एफजीपी र बिक्री मूल्य लेख्न भनेको हो ।
सूचनामा उल्लेख छ, ‘उत्पादित सिमेन्टको प्याकेट तथा फलामे डण्डीको वण्डलमा उत्पादकले फ्याक्ट्री गेट प्राइस (एफजीपी) अनिवार्य राख्नुपर्ने तथा डिलर, बिक्रेताले बिक्री गर्ने वस्तुको अनिवार्य रुपमा ब्राण्डसहितको अधिकतम खुद्रा बिक्री मूल्य सूची सर्वसाधारण उपभोक्ताले बुझ्ने गरी अङ्ग्रेजी वा नेपाली भाषामा लेखी बिक्री वितरण गर्नहुन जानकारी गराइन्छ ।’
टिप्पणीहरू