हिरासतमा ‘तीनकुनेकी सुन्दरी’

राजधानीको तीनकुने घटनामा संलग्न भएको आशंकामा एनी कुँवर पक्राउ परेकी छन् । पूर्व पत्रकार एवम् मोडलसमेत रहेकी कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चैत १५ गते तीनकुनेमा राजावादीहरुले प्रदर्शनको क्रममा आगो लगाएको घरभित्रबाट उनी बाहिरिँदै गरेको भिडियो समाजिक सञ्जालमा भाइरल छ । सोही घरमा पत्रकार सुरेश रजक जलेको अवस्थामा मृत भेटिएका थिए ।
उनी किन र कसरी आगो लागेको घरभित्र गइन् भन्नेबारे खुलेको छैन । यद्यपि, उनले घरबाहिर सडकबाट फेसबुक लाइभमा आएर ‘घरभित्र एक जना मान्छे रहेको र उद्धारको लागि कोही नआएको’ बताएकी थिइन् । अर्को भिडियोमा उनै कुँवर उक्त घर भित्रबाट झरिरहेको देखिन्छ ।
उनी उक्त दिन बिहानैदेखि तीनकुने क्षेत्रमा रहेको उनको फेसबुक गतिविधिबाट बुझ्न सकिन्छ । यसअघि पूर्वयुवराज पारस शाहसँग खिचाएको एउटा तस्वीर सार्वजनिक भएसँगै कतिपयले ‘तीनकुनेकी सुन्दरी’ भनेर ट्रोल गरिरहेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले कँुवरसँग सोधपुछ गरिरहेको छ ।
टिप्पणीहरू