राजमार्गमा अवैध ढाट, हटाउने कसको आँट ?

राजमार्गमा अवैध ढाट, हटाउने कसको आँट ?

राजमार्गमा राखिएका अवैध ढाटहरु हटाउन यसअघि सरकारले गरेको निर्देशन स्वयम् जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अटेर गरेको छ । नगर निकासी कर उठाउने बहानामा राजमार्गमा बलजफ्ती राखिएका ढाँट हटाउन गृह मन्त्रालयले पटक पटक जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । तर, यस सम्बन्धमा कपिलवस्तुमा कुनै सुनुवाई भएको देखिँदैन । 

बाणगंगा नगरपालिकाबाट चालु आर्थिक वर्षका लागि नदीजन्य पदार्थको नगर निकासी कर संंकलनको ठेक्का पाएको विशाल दुर्गा सप्लायर्सले नगरपालिकाका दुई स्थानमा पूर्व पश्चिम राजमार्गमा अवैध ढाटबाट रकम संकलन गर्दै आएको छ । नगरपालिकाले ६८ लाखमा एक तह प्रशोधन गरिएका नदीजन्य पदार्थ निकासीमा मात्र कर उठाउन ठेकेदालाई अनुमती दिएको छ । तर पश्चिमतर्फका वाह्य जिल्लाबाट आउने मालवाहक साधन, भन्सारबाट आउने भारतीय सवारी साधन, कृषिजन्य मालवाहक ट्रक तथा विना प्रशोधन गरिएका नदीजन्य पर्दाथ निकासीमा समेत जर्बजस्ती कर उठाउने गरेको पाइन्छ । 

राजमार्गहरुमा अवैध ढाँटले सास्ती पाएको भन्दै यातायात व्यवसायीले आन्दोलन गरेपछि २०७५ मंसिर १७ गतेको मन्त्रिपरिषद निर्णयबाट राजमार्ग तथा सहायक राजमार्गमा राखिएका अवैध ढाट हटाउने निर्णय कार्यान्वयनमा ल्याएको थियो । तर कपिलवस्तुको बाणगंगालगायत केही स्थानीय सरकारले कर उठाउन अवैध ढाट राखेको उजुरी परेपछि गृह मन्त्रालयले पुन २०८१ कात्तिक १२ गते जिल्ला प्रशासन कार्यालयहरुमा पत्राचार गरेको थियो ।

यता कपिलवस्तुका जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई प्रभावमा पारेर उक्त निकासी ठेकेदार सन्तोष मरासिनीले खुल्लम खुल्ला राजमार्ग किनारमा ढाट राखेरै अवैध कर संकलन गर्दै आइरहेको  । स्रोतका अनुसार निकासी करको भ्याट छलीका लागि ठेकेदारले नक्कली निकासी बिल समेत प्रयोग गरिरहेको कतिपयको दाबी छ ।

यस सम्बन्धमा बाणगंगा नगरपालिकाका राजश्व प्रमुख मदन घिमिरेले विशाल दुर्गा सप्लायर्सले नदीजन्य मात्र नभई कवाडी, तथा वन्यजन्य र पशुजन्य निकासी कर समेत लिने गरेको बताए । ठेक्का सम्झौतामा ढाट राख्ने विषयवस्तु उल्लेख छैन ।

उक्त सप्लायर्सले पशुजन्य र वन्यजन्य ठेक्का २२ लाखमा र छ लाखमा कवाडी ठेक्का लिएको हो । ढाट हटाउन पटक पटक गरेको अनुरोधलाई वेवास्ता गरेकोमा यातायात व्यवसायीहरुको गुनासो छ । हालै आएका सिडियो दिलकुमार तामाङ्गले भने ढाट हटाउलाान् वा नहटाउलान् त्यो भने हेर्न बाँकी छ । ढाटकै कारण राजमार्गको मुख्य सडकमा ट्रकहरुको लाइन लाग्ने र राजमार्ग समेत पटक पटक अवरुद्ध हुुँदै आएको छ ।

टिप्पणीहरू