उद्दण्ड राजावादीहरुमाथि कारबाहीको माग
राजावादीहरुले चैत १५ गते आयोजना गरेको प्रर्दशनमा भएको अराजकताको विरोधमा उपत्यका बाहिरका जिल्लामा पनि दोषीलाई कारबाहीको माग गरिएको छ । राजधानीको तीनकुने, कोटेश्वर, सिनामंगल क्षेत्रमा त्यो दिन गरिएको आगजनी, तोडफोड, लुटपाटमा संलग्नहरुलाई कारबाहीको माग गरिएको छ ।
नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी रुपन्देहीले जिल्ला प्रशासन कार्यालयमा सिडिओलाई ज्ञापनपत्र बुझाएको छ । हिजो बुझाइएको ज्ञापनपत्रमा उक्त अराजकतामा संलग्नलाई कारबाही, निष्पक्ष छानबिन र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ ।
सो दिन राजावादीहरुको उद्दण्ड समूहले आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा पनि आगजनी, तोडफोड र लुटपाट मच्चाएका थिए ।
टिप्पणीहरू