बानेश्वरमा टर्चलाइट, बल्खुमा झण्डा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको बल्खुमा प्रदर्शनपछि सभा आयोजना गर्दैछ । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापनाको माग राख्दै आयोजित कार्यक्रमलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरुले सम्बोधन गर्दैछन् ।
राजधानीका विभिन्न स्थानबाट निस्केको जुलुस बल्खु पुगेको छ । सहभागीहरुले हातमा राष्ट्रिय झण्डा बोकेर राजसंस्थाको बारेमा नारा लगाएका छन् । गत १५ गते तीनकुनेमा आयोजित प्रदर्शन हिंसात्मक बनेपछि आज आयोजक संयमित देखिएका छन् । सुरक्षाकर्मी व्यापक रुपमा परिचालन गरिएको छ।
यता माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक आन्दोलनरत शिक्षकहरुका कारण अवरुद्ध छ । उनीहरुले आफ्ना माग पूरा गर्न सरकार उदासिन भएको बताउँदै हातमा दिउँसै हातमा टर्च लाइट बालेका छन् ।
टिप्पणीहरू