खुश्बुले मञ्चमै ‘काण्ड’ देखाएपछि...

खुश्बुले मञ्चमै ‘काण्ड’ देखाएपछि...

राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य खुश्बु ओलीले लगाएको टिसर्ट चर्चामा आएको छ । बल्खुमा आयोजित प्रदर्शन तथा खबरदारी सभामा उनले लगाएको सेतो टिसर्टले सबैको ध्यान तानेको छ ।

सहभागी अधिकांश नेताहरु दौरासुरुवाल तथा औपचारिक पोशाकमा सजिएका छन् । तर, पार्टीको प्रशिक्षण विभाग प्रमुखसमेत रहेकी खुश्बु भने ठूला अक्षरमा ‘काण्ड’ लेखिएको टिर्सटमा उपस्थित भएकी हुन् । ‘काण्ड’को वरिपरि ललितानिवास, बालमन्दिर, एनसिएल, वाडबबडी, यती, सुडान, सुन, गिरिबन्धु, ओम्नी, भुटानी शरणार्थी र क्यान्टोनमेन्ट लेखिएको छ । 

टिसर्टको पछाडि भागमा भ्रष्टाचार, धर्मनिरपेक्षता, दलीयकरण र प्रदेश सरकार खारेजीको संकेत देख्न सक्निछ ।

टिप्पणीहरू