कार्यतालिका संशोधन गरेर आन्दोलन सुचारु गर्दै नेकपा एस

कार्यतालिका संशोधन गरेर आन्दोलन सुचारु गर्दै नेकपा एस

राजावादीहरुको आन्दोलनले प्रभावित नेकपा एकीकृत समाजवादी पार्टीको आन्दोलन पुनः सुचारु गरिने भएको छ । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नाराका साथ चैत १ गते घोषणा गरिएको कार्यक्रमको तालिकामा केही संशोधन गर्दै अगाडि बढाउन लागिएको हो ।  

पार्टीका महासचिव तथा केन्द्रीय आन्दोलन संयोजक कमिटीका संयोजक घनश्याम भुसालले नेता–कार्यकर्ताहरुलाई परिपत्र गर्दै नयाँ कार्यतालिकाअनुसार कार्यक्रमको तयारी गर्न निर्देशन दिएका छन् । 

जसअनुसार आगामी वैशाख १० गते संघीय सरकारमा मागपत्र पेश गर्ने, वैशाख १४ गते प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालयमा मागपत्र बुझाउने, वैशाख २२–२३ गते पालिका र वडा कार्यालयहरुमा मागपत्र पेश गर्ने कार्यक्रम रहेको छ । वैशाख २५ गते दोस्रो चरणको आन्दोलनको घोषणा गरिनेछ । 

पुरानो कार्यतालिकामा चैत २–५ गतेसम्म प्रदेशगत आधारमा जिल्ला कमिटीको संयुक्त भर्चुअल बैठक गरेर सुझाव लिने, संसद्मा समय लिएर बोल्ने, सम्पादकसँग सुझाव लिने, चैत ६ गते सुशासन र संविधानबारे सुझाव लिने, चैत १९ गते केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहमा सुझाव संकलनका विभिन्न कार्यक्रम गर्ने र चैत २० गते सरकारलाई मागपत्र बुझाउने कार्यक्रम थियो ।

टिप्पणीहरू